site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन आएका थिए २ जना भारतीय पेस्तोल र ५१ गोलीसहित ?
SkywellSkywell

काठमाडौं । बुधबार बेलुका काठमाडौंको कमलादीस्थित एक रेष्टुरेण्टमा भएको गोलीकाण्डमा पक्राउ परेका भारतीय नागरिक जसवन्त सिंह र देवेन्द्र सिंहका साथबाट बरामद भएको हतियार भारतीय प्रशासनको लाईसेन्स भएको प्रहरी अनुसन्धाबाट खुलेको छ । 

नेपाल भ्रमणमा रहेको बताउने पक्राउ परेका भारतीय नागरिकको साथबाट बरामद भएको हतियारको लाईसेन्स फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी राम जैसीले पुष्टि गरे ।

बाह्रखरीसँग कुरा गर्दै एसपी जैसीले भने, “उनीहरुबाट बरामद भएका हतियारलाई भारत सरकारले लाईसेन्स जारी गरेको छ, तर नेपालका हकमा भने यो अवैध हो । लाईसेन्सवाला हतियार भए पनि उनीहरुको साथबाट ५१ राउण्ड गोली र ४ वटा म्याजेजिन भेटिएका छन्, उनीहरुले यतिधेरै गोली किन ल्याए ? हामी अनुसन्धानमै छौं ।”

KFC Island Ad
NIC Asia

घटनापछि नेपाल प्रहरीको अन्तरदेशीय अपराध तथा आतंकबाद नियन्त्रण गर्ने र अनुसन्धान गर्ने विषेश ब्यूरोले पनि उनीहरुको बारेमा अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बाह्रखरीसँग कुरा गर्दै भने, “उनीहरुको बारेमा अहिले केही भन्न मिल्ने अवस्था छैन, पेस्तोलको भारतीय लाईसेन्स छ, उनीहरु प्रहरी तथा दुतावासका कर्मचारी भएको हल्ला फैलिएको छ, तर यो सत्य हैन, उनीहरु नेपाल घुम्न आएको बताउँदै आएका छन् । रेष्टुरेण्टका कर्मचारीले बढी बिल उठाएपछि विवाद भएको र त्यसपछि तर्साउन पेस्तोल झिक्दा आफैँ फायर भएको देखिन्छ । उनीहरुको बारेमा सम्बन्धित देशका अधिकारीसँग समन्वय गरी अनुसन्धान अघि बढेको छ ।”

Royal Enfield Island Ad

पक्राउ परेका भारतीयका बारेमा अहिले नै केही बताउन नसकिने प्रहरी बताउँछ ।

“आफ्नै गाडीमा नेपाल आएका छन्, कुनै पनि सुटरले यस्तो तरिका अपनाएको हुँदैन,” एक वरिष्ठ प्रहरी अधिकृतले बाह्रखरीसँग कुरा गर्दै भने, “सुटर नै हुन् भने यसरी आउँदैनन् । आएपछि मदिरा सेवन गर्न बारमा छिर्दैनन् तर उनीहरुको तरिका फरक छ । यो गम्भीर अनुसन्धानको विषय हो ।”

उनी भन्छन्,“हाम्रो अनुसन्धानले के भन्छ भने सुटर भएको भए आफ्नो सवारी साधन प्रयोग गर्दैनन् । र उनीहरु यस्तो लफडामा पर्न चाहँदैनन् । बुधबार पक्राउ परेकाहरुको तरिका नै भिन्नै भएकाले यसलाई चारैतिर जोडर हेर्न सकिन्छ । र त्यहीअनुसार नै अनुसन्धान भैरहेको छ ।”

उनीहरुले प्रयोग गरेको पिवि १० एफएस ७४४९ नम्बर प्लेटको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसरी बार तथा रेष्टुरेण्टमा जाने भारतीयसँग संचालकको बिल लफडा हुने पुरानै समस्या रहेको प्रहरीको भनाई छ ।  दरबारमार्ग र ठमेल क्षेत्रमा हप्तापिच्छे यस्ता घटना हुने गरेको प्रहरीको दाबी छ । बार सञ्चालकले युवतीलाई राख्ने र युवतीले जथाभाबी अर्डर गरेर बिल बढाईदिने जस्ता घटना लिएर भारतीय नागरिक स्वयम प्रहरीमा उजुरी गर्ने गरेको प्रहरीको भनाई छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०७४  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro