site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरपालिकाले खुलामञ्च बन्द गर्न पाउँदैन : प्रजिअ बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० का अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विगतमा खुलामञ्च सबैले खुला रूपमा प्रदर्शन र अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि सोहीअनुसार प्रयोगमा ल्याइनुपर्ने उनले बताए । उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकार कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेकामा जोड दिए ।

Dabur Nepal
NIC Asia

खुलामञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्दा माइतीघरमा आन्दोलन र प्रदर्शन गर्ने गरिएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ ।

खुलामञ्चमा सुरक्षित रूपमा प्रदर्शन गर्न दिइए माइतीघरदेखि बानेश्वरसम्मको दैनिक ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए । माइतीघरबाट बानेश्वरसम्म दैनिक रूपमा सडक अवरुद्ध हुने गरेको उनले उल्लेख गरे । प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको उनले औँल्याए ।

“विगत लामो समयदेखि प्रदर्शन, सभा पर्ने र भनाइहरू राख्ने ठाउँ खुलामञ्चको रूपमा प्रयोग भएको थियो । त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ । कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छैन । खुलामञ्च नेपाल सरकारको नाममा छ । त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह (महानगर)ले प्रयोग गर्ने हो, अन्योल छ,” उनले भने, “खुलामञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रूपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने माग छ । त्यो खुलामञ्च हो, खुलामञ्चकै रूपमा प्रयोगमा आउनुपर्छ । त्यहाँ नेपाली जनता र प्रदर्शन गर्नेहरूले खुलामञ्चमा अभिव्यक्तिहरू राख्न पाउनुपर्छ । त्यो कसैले ताला लगाएर बन्द गरेर राख्न पाइँदैन । सबै सरोकारवाला निकायहरूले त्यसलाई बुझ्नुपर्छ । ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रूपमा प्रदर्शन गर्ने ठाउँ नभएर भइरहेको छ ।”

ट्राफिक व्यवस्था अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रूपमा प्रदर्शन गर्ने ठाउँ नहुनु भएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro