राजनीति
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त जानकारी दिएका हुन् ।
“महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ,” प्रधानमन्त्रीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सोही भेटमा गुटेरेसले नेपाल भ्रमणमा आउने जनाउ दिएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १२:०८
प्रतिक्रिया दिनुहोस्