site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
माल्दिभ्सको राष्ट्रपतिमा चीन समर्थक मुइज्जु विजयी

काठमाडौं । माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गर्दै मोहम्मद मुइज्जु विजयी भएका छन् । मोहम्मद मुइज्जु चीन समर्थक मानिन्छन् । सोलिहले भारतसँगको सम्बन्ध सुधार गरेका थिए ।

राष्ट्रपति सोलिहले हार स्वीकार गर्दै ५४ प्रतिशत मतसहित जित हासिल गरेका आफ्ना प्रतिद्वन्द्वी मुइज्जुलाई बधाई दिएका छन् ।

Dabur Nepal
NIC Asia

माल्दिभ्सको राजधानी मालेका मेयर मुइज्जुले ‘इन्डिया आउट’ नारासहित चुनावी अभियान चलाएका थिए ।

आउँदो नोभेम्बर १७ मा मुइज्जुले कार्यभार सम्हाल्नेछन् । त्यति बेलासम्म सोलिहले कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्नेछन् ।

४५ वर्षीय मुइज्जु प्रोग्रेसिभ पार्टीका अफ माल्दिभ्सका नेता हुन् । सन् २०१८ देखि राष्ट्रपति पदमा रहेका ६१ वर्षीय सोहिल माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)का नेता हुन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro