site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठकअघि नै आयोग घोषणाको तयारी, प्रधानमन्त्रीले सदनमा बोल्ने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका निम्ति आयोग घोषणाको तयारी गरिएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि नै आयोग घोषणा गर्ने तयारी गरिएको नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आयोगको कार्यादेशका विषयमा आजै सहमति गर्ने सत्तासाझेदार दल र एमाले नेताको तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् ।

“आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेका छौँ । छलफलचाहिँ जारी छ । आजको संसद् बैठकमा प्रधानमन्त्रीले बोल्नुहुनेछ,” उनले बाह्रखरीसित भने, “संसद्को बैठकपूर्व नै आयोग घोषणा गर्ने सहमतिको तयारी छ ।”

Global Ime bank

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच छलफल भएको थियो । ओली बालुवाटारबाट बाहिरिएका छन् । राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच बालुवाटारमै छलफल गरिँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय