राजनीति

काठमाडौं । नेकपा (एमाले) वाग्मती अध्यक्षका उमेदवार केशरबहादुर बुढाथोकीले पनि उमेदवारी फिर्ता लिएका छन् ।
उनले उमेदवारी फिर्ता लिएसँगै अब अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहाल पछि हटेका छैनन् ।
यसअघि आजै केशव पाण्डे र सानु श्रेष्ठले उमेदवारी फिर्ता लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० २१:५७
प्रतिक्रिया दिनुहोस्