site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

भारतको दिल्लीमा भएको १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिएर बिहीबार नेपाल फर्किएका हुन् । उनी गत असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उक्त कन्फरेन्समा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता थियो । 

नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेका थिए । 

भेटघाटमा मानवीय सुरक्षा लगायतका साझा चासोका विषयहरूमा अनुभवको आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro