site stats
बाह्रखरी :: Baahrakhari
कला
ह्यारी पोटरका अभिनेता ग्याम्बोनको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । अभिनेता सर माइकल ग्याम्बोनको ८२ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार एक अस्पतालमा उनको निधन भएको हो ।

उनले ह्यारी पोटरका आठ फिल्ममध्ये ६ वटामा प्रोफेसर अल्बस डम्बलडोरको भूमिका खेलेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ‘फ्यान्टास्टिक मिस्टर फक्स’ फ्रान्सेली जासुस माइग्रेटको भूमिका निभाएका थिए । र, ‘द सिंगिङ डिटेक्टिभ’मा पनि अभिनय गरेका थिए ।

उनकी पत्नी र छोराले आफ्ना पति एवं बुवा निमोनियाबाट पीडित भएपछि निधन भएको बताएका छन् । सर माइकल ग्याम्बोन आयरिस अंग्रेज अभिनेता थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्