site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती अधिवेशन : पाँच पदका लागि २६ जनाको उमेदवारी

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्षका लागि चारजनाको उ‍मेदवारी परेको छ ।

अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ । अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेको उमेदवारी परेको छ ।

यस्तै, उपाध्यक्षको लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।

सचिवमा पनि चारजनाको उमेदवारी परेको छ । सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro