site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दसैँमा पानी पर्छ ? भारी वर्षाको विगत छ
फाइल तस्बिर
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । औसत मितिअनुसार यो वर्षको दसैँमा नेपालबाट मनसुन बाहिरिइसक्नेछ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो । 

औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिन सक्छ ।  गतवर्ष मनसुन असोज २९ गते बाहिरिएको थियो । औसत मिति अक्टोबर २ भए पनि १३ दिनपछि १५ अक्टोबरमा मनसुन बाहिरिएको थियो । 

गत वर्षमात्रै होइन केही वर्षयता मनसुन बाहिरिने मय पछि धकेलिएको मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । त्यसैले यो वर्ष पनि औसत मितिभन्दा केही पछि नै मनसुन बाहिरिने पूर्वानुमान रहेको उनको भनाइ छ । तर यकिनसाथ भने भन्न नसकिने उनी बताउँछन् । 

Agni Group

यद्यपि, १०÷१२ दिन नै औसत समयभन्दा पछि भए पनि यसवर्षको मनसुन दसैँसम्म रहने छैन । १० दिन पछि बाहिरिँदा पनि यो वर्ष असोज २५ गते मनसुन बाहिरिनेछ । असोज २८ गते घटस्थापनाबाट यो वर्षको दसैँ सुरु हुन्छ ।

“दसैँ निकै पछि रहेकाले यो वर्र्ष दसैँसम्म मनसुन रहने छैन,” मौसमविद् हुमागाईं भन्छन्, “त्यसैले यो वर्षको दसैँ सुख्खा हुनेछ भन्ने अपेक्षा राखौँ ।” 

Global Ime bank

मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो वर्ष पनि औसत समयभन्दा पछि नै मनसुन बाहिरिनेछ ।  अक्टोबर २ आउन पाँच दिन मात्रै बाँकी छ तर मनसुन तत्काल बाहिरिने अवस्था छैन । 

“भारतको राजस्थानबाट मनसुन बाहिरिन थालेको छ । त्यहाँ मनसुन बाहिरिएको एकदेखि दुई हप्तामा नेपालबाट पनि मनसुन बाहिरिइसक्छ,” मौसमविद् प्रधानाङ्ग भन्छन्, “तर, यति नै भन्न सकिँदैन कहिले एक हप्तामै पनि बाहिरिन सक्छ भने कहिले राजस्थानबाट मनसुन बाहिरिएको दुई हप्तामा पनि नेपालबाट मनसुन बाहिरिएको छ ।”

मनसुन सकिँदैमा पानी नै नपर्ने भन्ने हुँदैन । तत्काल कुनै पनि प्रणाली विकास भएर पानी पर्न सक्ने मौसमविद्हरूको भनाइ छ । मनसुन बाहिरिएको एक÷दुई हप्तापछि सम्म पनि कुनै–कुनै वर्ष पानी पर्ने गरेको मौसमविद् प्रधानाङ्ग बताउँछन् । 

उनी भन्छन्, “यकिन मिति त याद भएन तर दुई या तीन वर्ष अगाडि मनसुन बाहिरिएपछि पनि ठूलो वर्षा भएको थियो ।”   

सन् २००० पछि अक्टोबरमा ठूलो पानी पर्ने गरेको तथ्यांकले देखाउने गरेको मौसमविद् हुमागाईं बताउँछन् । 

“२००० यताको तथ्यांक हेर्ने हो भने अक्टोबरको पहिलो र दोस्रो हप्ता नेपालमा ठूलो पानी पर्ने गरेको देखिन्छ,” उनी भन्छन्, “मनसुनको अन्तिममा छौँ त्यसैले अब ठूलो पानी पर्दैन भन्ने हुँदैन ।” 

यो वर्षको सेप्टेम्बरमा ठूलो पानी नपरेको उनी बताउँछन् । अक्टोबरमा केही प्रदेश तथा भू–भागमा हल्का, मध्यम र सामान्य भारी वर्षा भए पनि ठूलो पानी नपरेको उनको भनाइ छ । 

त्यसैले विगतका केही वर्षजस्तै अक्टोबरको पहिलोदेखि दोस्रो हप्तामा ठूलो वर्षाको सम्भावनालाई नकार्न नसकिने तर हुन्छ नै भनेर यकिन पनि गर्न नसकिने मौसमविद् हुमागाईं बताउँछन् । 

मनसुन बाहिरिएपछि केही समय ‘पोस्ट मनसुन’को सिजन रहन्छ । यो समयमा पनि वर्षाको सम्भावना हुन्छ । “मनसुन बाहिरिएपछि मुख्यतः दुईवटा प्रणाली विकास भएर पानी पर्ने सम्भावना हुन्छ,” मौसमविद् प्रधानाङ भन्छन्, “पहिलो पश्चिमी वायुको प्रभाव र दोस्रो वंगालको खाडीबाट बन्ने चक्रवातबाट विकास हुने प्रणालीबाट ।” 

तर, मनसुन बाहिरिएपछि विकास हुने पश्चिमी वायुको प्रभाव निकै कमजोर हुने र यसको प्रभाव जति कमजोर हुन्छ यसले पानी पार्ने सम्भावना पनि त्यति नै कम हुने उनी बताउँछन् । 

“बंगालको खाडीबाट आउने चक्रवातले पनि वर्षा हुन्छ । तर, यो सँधै र लामो समय हुँदैन,” मौसमविद् प्रधानाङ भन्छन्,  मनसुन बाहिरिएपछि पनि यी दुई प्रणाली विकास भएर वर्षाको सम्भावना हुन्छ तर यसले हप्तौं लामो झरी हुने भन्ने हुँदैन । वर्षा नै हुँदैन अथवा ठूलो पानी पर्दैन भनेर नकार्न सकिँदैन ।” 

यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो । 

नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष बुधबारसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन ।   

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu