site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

हस्पिटलमा आयोजित एक समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Dabur Nepal
NIC Asia

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले हस्पिटलमा उपचार सेवा लिँदा छुट प्राप्त गर्ने बताइएको छ । अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हस्पिटलले आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिनलगायत अन्य ३७ वटाभन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

माछापुच्छ्रे बैंकले १६५ शाखा कार्यालय, १२ एक्सटेन्सन काउण्टर, १३० शाखारहित बैंकिङ सेवा, सात प्रादेशिक कार्यालय, २०३ एटीएममार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro