site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले वाग्मतीको ठहर– ‘नेताहरूलाई भेट्ने काम नै पार्टीको मुख्य काम’ भन्ने बढे
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश कमिटीले राजनैतिक, वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्तिमा दिशाविहीन बन्ने खतरा रहेको औँल्याएको छ । 

जारी प्रथम अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पार्टीका समस्यारू खुट्ट्याइएको छ । जसमा पार्टी कमिटी भद्दा भएकाले दोहोरो छलफल हुन नसक्ने र कमिटी प्रणाली लगभग समाप्त जस्तो देखिएको उल्लेख छ । 

Agni Group

त्यस्तै, युवा पस्तामा पार्टीप्रतिको आकर्षण र काम कमजोर भएको निष्कर्ष निकालिएको छ । 

विभिन्न जिल्लाहरूमा बहुआयामिक अन्तरविरोधका कारण पार्टी एकता कमजोर बनेको तथा प्राय: कमिटीहरू निर्देशनमुखी देखिएको प्रतिवेदनमा उल्लेख छ ।  विभिन्न तहमा आफूलाई केन्द्र भागमा राखेर सोच्ने, योजना बनाउने र चल्ने व्यक्तिवादी प्रवृति बढ्दो रहेको प्रतिवेदनमा औँल्याइएको छ । जनसंगठन र पार्टीमा दोहोरो जिम्मेवारी लिने तर कतै पनि प्रभावकारी नदेखिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । 

Global Ime bank

कार्यकर्तामा नेता भेट्नु नै मुख्य काम रहेको बुझाइ देखिएको प्रदेश कमिटीको ठम्याइ छ । 

“कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँगै नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ । अर्थात् विभिन्न ‘नेताहरूलाई भेट्ने काम नै पार्टीको मुख्य काम’ हो भन्ने बुझाइ बढ्दो छ,” प्रतिवेदनमा भनिएको छ । 

उपत्यकाबाहिरका कतिपय भूगोल कमिटी रहेका नेतारू अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको बताइएको छ । 

महँगो निर्वाचन प्रणालीको कारण हैसियत हुनेहरूले उमेदवारी पाउने, कमजोर आर्थिक अवस्थाका कार्यकर्ता पछि पर्ने र निर्वाचन लडिहाले ऋणको भारले पलायन बन्नु अवस्था देखा परेको प्रतिवेदनमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu