site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा

काठमाडौं । चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

“कार्यस्थलमा सुरक्षित वातावरण भएन, हामी काम गर्ने मनस्थितिमा छैनौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका पूर्वसचिव डा. अरुण उप्रेतीले बाह्रखरीसित भने ।

शान्तिपूर्ण र्‍यालीसहित चिकित्सक यतिखेर काठमाडौंको माइतीघरमा भेला भएका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro