site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दोलखामा मान्छे घाइते बनाएको राँगोलाई गोली हानी मारियो

काठमाडौं । दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । सोमबार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगो फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरेको थियो । घाइते उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो ।

त्यसपछि स्थानीयले राँगोलाई नियन्त्रणमा लिन खोजे । सकेनन् । उक्त राँगोले अरू व्यक्तिमाथि समेत आक्रमण गरेको थियो ।

सो सूचनापछि प्रहरीको एक टोली घटनास्थलमा पुग्यो । प्रहरी टोलीले पनि राँगो नियन्त्रणमा लिन सक्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय दोलखामा जानकारी गरायो । प्रहरीले जिल्ला प्रशासन कार्यालयसित समन्वय गर्दा राँगो नियन्त्रणमा लिने व्यवस्था मिलाउन आदेश पायो ।

त्यसपछि प्रहरीले गोली प्रहार गरेको थियो । उक्त राँगो नियन्त्रणमा लिनका लागि गएको टोलीले बोकेको ३०३ राइफलबाट एक राउन्ड गोली ‘फायर’ गरियो । गोली प्रहार गरी राँगोलाई मारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro