site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती एमालेमा सर्वसम्मत नेतृत्वको खोजी, कृष्णभक्त पोखरेलको इन्ट्री !
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल जारी छ । भोलि (सोमबार)बाट काठमाडौंको भृकुटीमण्डमा अधिवेशन सुरु हुँदै छ । त्यसअघि वाग्मतीमा एमाले कमजोर भइरहेका बेला नेतृत्व सर्वसम्मत बनाउनुपर्ने मत बढिरहेको छ ।

सर्वसम्मत नेताको खोजी भइरहेका बेला चर्चामा नरहेका पूर्वसांसद कृष्णभक्त पोखरेल भित्रिएका छन् । केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिष्पर्धाको चर्चा भइरहँदा केही नेताहरूले पोखरेललाई अघि सारेका छन् । 

स्रोतका अनुसार आइतबार पार्टी नेतृत्वले 'ग्रिन सिग्नल' दिएकाले उनी नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका हुन् । 

पोखरेलले पनि आफू अध्यक्षको दाबेदार रहेको बताए । उनले आफू चितवनको अध्यक्ष हुँदा सात स्थानीय तहमध्ये आफूले ६ वटा क्षेत्रमा जितेको सुनाए । 

“चितवन जिल्लाको अध्यक्ष भएर काम गरेँ । आफ्नो कार्यकालमा सातवटा स्थानीय तहमध्ये ६ वटा तहमा विजय गराएर एक नम्बरको पार्टी बनाएँ,” उनी भन्छन्, “विभिन्न भूमिकामा रहेर २८ वर्ष चितवनको नेतृत्वमा रहेर काम गरेँ ।”

पोखरेल दुईपटक संघीय सांसद बनेका थिए । उनी प्रतिनिधिसभाको कानुन समितिको सभापति पनि बनेका थिए । कानुन समितिमा रहँदा आफूले विपक्षीहरूलाई मिलाएको स्मरण गर्दै उनी अहिले पार्टीमा पनि सर्वसम्मत हुने दाबी गर्छन् । 

“कानुन समितिको सभापति भएर १७६ भन्दा बढी कानुनहरू सर्वसम्मत ढंगले लेखियो । विपक्षीलाई पनि सबै मुद्दामा मिलाएर काम गरियो । पार्टीभित्र विभिन्न समस्या देखिएका बेला सबैलाई सन्तुलनमा ल्याएर काम गर्न सकिन्छ भन्ने विश्वास छ,” उनी भन्छन् । 

उनी ०७३ बाटै प्रदेश कमिटी सदस्य छन् । नेतृत्वले न्यायोचितरूपमा निर्णय गर्ने उनको विश्वास छ । 

“नेतृत्वकाले लागि दाबि प्रस्तुत गरिरहेको छु । नेतृत्वसँग कुरा भइरहेकै पनि छ । नेतृत्वले न्यायोचित गर्ला,” उनी भन्छन् । 

केन्द्रीय सदस्यहरूले पनि प्रदेश कमिटीकै तर्फबाट नेतृत्व पाउनुपर्छ भन्ने कुरा महसुस गर्नुपर्ने उनी बताउँछन् । 

वाग्मतीमा नेतृत्वले सहमतिका लागि दबाब दिएपछि चर्चामा रहेका नेताहरू केही लचक देखिएका छन् । विशेष गरी नेतृत्वको दाबी गरेका ढुंगेल र दाहाल लचक देखिएका छन् ।  पार्टी नेतृत्वले वाग्मतीमा पूर्वमन्त्रीसमेत रहेका ढुंगेलको नाम अघि सारेको चर्चा छ । जसमा पूर्वसांसद तथा प्रतिनिधिसभाको अर्थ समितिको सभापतिसमेत रहेका दाहालले आपत्ति जनाएका छन् ।

स्रोतका अनुसार, उनले सहमतिका लागि आफू बाधक नभएको भन्दै केन्द्रीय सदस्यबाहेकका प्रतिनिधिलाई अध्यक्ष बनाउँदा स्वीकार गर्ने सन्देश पार्टी नेतृत्वलाई दिएका छन् ।

“म मात्रै सहमतिको विरोधी होइन । सर्वसम्मत नै गर्ने भए केन्द्रीय सदस्यबाहेकका सबैलाई मान्य हुने प्रतिनिधिलाई अध्यक्ष बनाऔँ,” उनले नेतृत्वसामु प्रस्ताव राखेका छन् ।

दाहालले आफू नेताहरू विभाजित नभई चुनाव होस् भन्ने पक्षमा रहेको बताए । “सहमतिको प्रयास हुनु राम्रै हो । लोकतान्त्रिक विधि र पद्धतिअनुसार चुनाव होस् । नेताहरू विभाजित प्रतिपस्पर्धा होस् भन्ने चाहेको हो । त्यही हुन्छ पनि होला,” उनी भन्छन् । 

तर, आफूले सहमतिका लागि उपयुक्त वातावरण बनाए सहमतिका लागि तयार रहेको जानकारी नेतृत्वलाई गराएको स्वीकार गरे ।

“म सहमतिको बाधक होइन । उपयुक्त परिस्थिति बन्छ र विश्वासको वातावरण बन्छ भने सहमतिका लागि तयार छु भन्ने कुरा नेतृत्वलाई भनिसकेको छु,” उनले बाह्रखरीसँग भने ।  

नेताहरूका अनुसार, पार्टीमा विकल्पमा पनि छलफल भइरहेको छ । 

केन्द्रीय सदस्य ढुंगेल पनि पदाधिकारीमा सर्वसम्मतिको सम्भावना देख्छन् । “सबै पदमा सहमति त नहोला तर, मुख्य पदहरूमा सहमतिको प्रयास नेतृत्वले गरिरहेको होला भन्ने लाग्छ,” उनी भन्छन्, “सहमति नै होला भन्नेमा पूर्ण विश्वस्त छु ।”

उनले पार्टी नेतृत्वले केन्द्रीय सदस्यबाहेकको कोही व्यक्तिलाई अघि सारे आफू तयार रहने संकेत पनि गरे ।  “जे हुन्छ पार्टीले गर्ने फैसला स्वीकार गर्नुपर्छ । पार्टीले भनेको स्वीकार्दै आएको छु नि,” उनले भने । 

उता, नेतृत्वमा दाबी गरिरहेका वाग्मतीका बाहालवाला अध्यक्ष केशवराज पाण्डे पनि सर्वसम्मति हुनुपर्ने पक्षमा देखिन्छन् ।

नेतृत्वमा सर्वसम्मतिका लागि केन्द्रीय सदस्यहरूले पनि स्वीकार गर्न सक्ने पात्र पोखरेल हुन सक्ने नेताहरू बताउँछन् । 

वाग्मतीको नेतृत्वका लागि केन्द्रीय सदस्य रचना खड्काको पनि चर्चा छ । उनी प्रतिनिधि बनेकी छैनन् । मनोनीत हुन सक्ने नेताहरू बताउँछन् । त्यस्तै, पूर्वसभामुख सानुकुमार श्रेष्ठ र वाग्मती सचिव विजय सुवेदी पनि अध्यक्षको दाबी गरिरहेका छन् ।  

असोज ८–९ गते चल्ने अधिवेशनका लागि एक हजार ३८ जना छानिएका छन् ।  अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro