site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेइजिङ पुगेर प्रधानमन्त्री प्रचण्डले भने– अब चिनियाँ लगानी नेपालमा भित्रन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेपालमा चिनियाँ लगानी भित्रने दाबी गरेका छन् । चीन भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेपछि नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।

आइतबार नै चिनियाँ ‘बिजनेस कम्युनिटी’लाई नेपालमा लगानी गर्न नीतिगत र कानुनी जटिलता नरहेको आश्वस्त पारेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “अब चिनियाँ लगानी नेपालमा भित्रन्छ ।”

शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको भेटमा पनि हवाई यातायात, बाटो, पर्यटन, कृषिलगायतका क्षेत्रमा कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको उनले जनाए । “विश्वासको एउटा राम्रो वातावरण बनेको छ,” सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने ।

अब नेपालको ध्यान स्वभाव र आवश्यकताले पनि आर्थिक विकासमा केन्द्रित भएको उनले जनाए । उनले चीनको विकासबाट नेपाल लाभान्वित हुनैपर्ने बताए । विदेशी लगानीकर्ताको लागि नेपालमा लगानी गर्ने वातावरण अनुकूल बन्दै गएको पनि उनले जनाए ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण शनिबारदेखि सुरु भएको हो । प्रधानमन्त्रीको रुपमा यो उनको तेस्रो चीन भ्रमण हो । आफ्नो भ्रमणले नेपाल–चीन सम्बन्ध अझ मजबुत बन्ने र आसपी हितका समझदारी बनाउने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro