site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्डो प्यासिफिकमा भाग लिन भारत गए प्रधानसेनापति शर्मा
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारततर्फ गएका छन् । भारतको दिल्लीमा सोमबारदेखि हुने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन उनी दिल्ली गएका हुन् ।

कन्फरेन्स दुई दिन चल्नेछ । उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानसेनापति शर्मा यही असोज ११ गते नेपाल फर्किनेछन् ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्