site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको कला र संस्कृति, परम्परा र रीतिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए ।

कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रही रहने उनको भनाइ छ । स्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने उनले बताए ।

“पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढीरहेको छ,” उनले भने, “यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्परा र रीतिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro