site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्षमा निर्विरोध भएपछि चन्द भन्छन्– विगत मिश्रित रह्यो, अब उत्कृष्ट काम गर्छौं

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएपछि चतुरबहादुर चन्दले पहिलो कार्यकाल मिश्रित रहे पनि आगामी चार वर्षलाई उत्कृष्ट बनाउने बताएका छन् । 

“आगामी कार्यकाल उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । पदसँगै चुनौती पनि आउँछन् । जिम्मेवारी बढेको छ । अब टेस्ट क्रिकेटको आधार तयार पार्नुछ,” निर्विरोध चयन भएपछि सञ्चार माध्यमसँग उनले भने, “गएको कार्यकाल मिश्रित रह्यो । केही विवाद देखिए पनि सेफ ल्यान्डिङ भयो । विगतमा आशंका लागेका कुरा विस्तारै क्लियर हुँदै जान्छन् ।”

अध्यक्ष चन्दसँगै उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निविरोध चयन भएका छन् । यस्तै, सचिवमा पूर्वकप्तानसमेत रहेका पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्ने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro