site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमण आजबाट, सीमा नाका खोल्नेदेखि प्रसारण लाइन विस्तारसम्म एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन गएका छन् । 

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् । एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । 

बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ । 

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेन्डमा राखिएको छ 

भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरू वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरूलाई त्यहीअनुसार सञ्चालन ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

केही एजेन्डा जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेका छन् । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् ।

सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग माग्ने तयारी छ । सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक, नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण, कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ । 

स्वास्थ्य क्षेत्रमा पनि केही परियोजनाहरु अगाडि बढाउने योजना रहेको मन्त्रालयले जनाएको छ । 

चीन भ्रमणमा व्यापार घाटालाई पनि ध्यानमा राखेर नेपालको तर्फबाट चीनतिर निर्यात हुनसक्ने मालसामान के के हुन सक्छन्, त्यसमा चीन र नेपालले साझा लगानी गरेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र व्यापार घाटालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro