site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकको जायज माग पूरा गर्न पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले आन्दोलनरत शिक्षकहरूको जायज माग पूरा गर्न सरकारसँग अपिल गर्ने निर्णय गरेको छ ।

बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको शुक्रबारको बैठकमा एकमात्र निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले सरकार र आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि अनुरोध गरेको छ ।

Dabur Nepal
NIC Asia

“नेपाल सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकलाई लिएर मुलुकभरका शिक्षकहरू आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्षबीच भइरहेको वर्ता नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ,” निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने ।

शर्माले अहिलेको शिक्षा विधेयकमा सर्वस्वीकार्य नभएको स्वीकार गर्दै संसदीय प्रकृयाबाट विधेयक सर्वस्वीकार्य बनाउने भन्दै यसको प्रतिबद्धता पनि बैठकले गरेको निर्णय सुनाएका छन् ।

“विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवम् विद्यालय कर्मचारीहरूको वर्षौ देखिका समस्याहरू समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो अघिल्लो ऐन र कानुनी व्यवस्थाहरूको तुलनामा प्रस्तावित विधेयकले कतिपय विषय समेट्नु एकातिर सुखद छ भने अर्कातिर कतिपय  सम्बन्धमा विद्यालय शिक्षाको गुणस्तर बढाउने सन्दर्भमा संविधानको मर्म पूर्णरूपमा आत्मसाथ गर्न सकेको छैन । जायज र उपयुक्त मागलाई सम्बोधन गर्न नसकेको देखिन्छ,” उनले भने, “यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन संशोधन गर्नुपर्ने विषय छन् । संसदीय प्रकृयाबाट सर्वस्वीकार्य बनाउन पहद कदमी लिने प्रतिबद्धता जायर गर्दै सरकार र आन्देलनरत पक्षले सार्थक वार्ताबाट यथाशिघ्र समस्याको समाधान खोज्न र पठपाठन सुचारु गर्ने वातावरण निर्माण गर्न अपिल गर्दछौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro