site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गुरु बरालको चेतावनी– ऋण तिर्न नसके चीनको हस्तक्षेप बढ्छ, मिनाहा गर्न लगाऔँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले यसको पहलकदमी कांग्रेसले लिएर प्रधामन्त्रीलाई झकझकाउनुपर्ने बताए । उनले एयरपोर्ट निर्माणपछि महँगो ब्याज तिर्नुपरेको भन्दै ऋण मिनाहा नभए विश्वका अरू देशमा जस्तै चीनको हस्तक्षेप बढ्ने बताए । 

Dabur Nepal
NIC Asia

“पोखरामा अन्तर्राष्ट्रियय एयरपोर्ट महँगोमा बनायौँ, चर्को ब्याज तिरको छौँ,” उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमण छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नुपर्छ । यदि ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित छ । यसमा कांग्रेसले ध्यानाकर्षण गराउन जरुरी छ ।”

उनले अहिले देशले सुशासन खोजेको भ्रष्टाचाररहित समाज खोजेको भन्दै यसतर्फ कांग्रेस अघि बढ्न जरुरी रहेको बताए ।

चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको र उपभोक्ता मन्त्रालय कांग्रेससँग हुँदा पनि जनता महँगीमा पिल्सिएको बताए । 

“सरकारमा साझेदारी छ, आपूर्ति मन्त्री हामीसँगै छ, तुरुन्तै अनुगमन र नियन्त्रण गर भनेर निर्देशन दिनुपर्छ । चिनीको कुरा गर्दा कालोबजारी छ । जनताको चुलो धेरै महँगो भयो । यतातर्फ खबरदारी गरौँ,” उनले भने ।

उनले शिक्षक, न्यायाधीशलगायत क्षेत्रमा पार्टीको सहभागिता शून्य गर्दै लग्नुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro