विदेश
काठमाडौं । ट्युनिसियाको संस्कृति मन्त्रालयले दक्षिणपूर्वी ट्युनिसियाको जेरबा टापु युनेस्कोको विश्व सम्पदा सूचीमा परेको बताएको छ ।
विश्व सम्पदा समितिले साउदी अरेबियाको रियाद बैठकबाट ट्युनिसियाको जेरबा टापुलाई युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा मान्यता दिएको हो ।
जेरबा उत्तर अफ्रिकाको सबैभन्दा ठूलो टापु हो । यो धार्मिक विविधताको रूपमा परिचित छ । बर्बर, अरब, यहुदी र अफ्रिकी संस्कृतिहरु यसमा समावेश छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्