site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपति येओलबीच आज द्विपक्षीय भेटवार्ता 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीबार) दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग भेटवार्ता गर्ने भएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’मा उनीहरूबीच भेटवार्ता हुन लागेको हो ।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपति येओलबीच स्थानीय समयानुसार बिहीबार दिउँसो साढे ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय छ ।

Dabur Nepal
NIC Asia

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहायता र वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका नेपाली कामदारका विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि त्यहाँ नर्वेका प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपतिलगायत देशका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu