site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले गर्‍यो राति २ बजे वाग्मती नदीबाट एकजनाको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राति २ बजे वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेपछि वारि आउन नसकेर नदी किनारको पहरामा फसेका थिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमान्डमा गएको १५ जनाको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।

मोटरबोट लिएर गएको प्रहरीको उद्धार टोलीले ‘रोप रेस्क्यु’ र अन्य विधिको प्रयोग गर्दै लानमालाई उद्धार गरेको हो ।  उद्धारपछि उनलाई उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीको प्रेस नोटमा उल्लेख छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro