site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुवास नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको बताएका छन् ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले संविधान जारी नगर्न नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको सुनाए ।

“सुवास नेम्वाङजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउँदिन भनेर भन्नुभयो,” ओलीले भने, “त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गराउनुभयो ।”

ओलीले संसद्को बलियो अठोटका कारण सबैतिरको दबाब शान्त भएको बताए ।

“संसद्ले जारी गर्ने नै अठोट गरिसकेपछि, यो नहल्लिने अठोट हो भनेपछि सबैतिरका प्रेसर शान्त भए । र, काम अघि बढ्यो,” उनले भने ।

सभामुखको हैसियतले नेम्वाङको प्रयास सकारात्मक रहेको भन्दै उनले धन्यवाद दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro