काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा बराबरीमा रोकेको हो ।
साउदी अरेबियाको रियादस्थि किङ फहाद रंगशालामा दुवै गोल दोस्रो हाफमा भएको थियोे । टोमा टादाटाद्जीले ५२औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए ।
तर, इन्जुरी समयमा अली अल बोलेहीले गोल गर्दै घरेलु टिमलाई हारबाट बचाएका थिए । यो बराबरीसंगै समूह ‘डी’ मा रहेका दुवै टिमले समान एक अंक जोडेका छन् ।
यो समूहमा अल हिलाल र नामांगमसँगै भारतीय क्लब मुम्बई सिटी एफसी र इरानी क्लब एफसी नासाजी माजानदारन छन् ।