site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–९, शंकरपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–७, मनकापुर बस्ने ३५ वषीय गणेश थारु चौधरी रहेका छन् ।

सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा सोमबार साँझ सटर बन्द गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्