site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वअर्थमन्त्री खतिवडा भन्छन्– सरकारको अकर्मण्यतामा मूल्यवृद्धि, उपभोक्ता मारमा छन्
फाइल तस्बिर।

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताको कारण बजार मूल्य अत्यधिक रुपमा वृद्धि भएको आरोप लगाएका छन् ।

आइतबार नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महँगी र उपभोक्ताको सवाल विषयक गोष्ठीमा बोल्दै पूर्वअर्थमन्त्री डा.खतिवडाले यस्तो आरोप लगाए ।

Argakhachi Cement Island Ad

एमालले सरकार सञ्चालन गर्दा मूल्यवृद्धि ४.६ प्रतिशतभन्दा माथि नभएको जिकिर गर्दै उनले एमालले सरकारमा हुँदा २०७४ देखि ०७८ सम्मको बीचमा औसतमा ४.६ प्रतिशत वृद्धि मात्रै भएको बताए ।

वर्तमान सरकारको अकर्मण्यताको कारण अहिले औसतमा उपभोक्ता मूल्यसूची सात प्रतिशतभन्दा माथि गएको उनले बताए । पछिल्लो चार वर्षमा भएको मूल्यवृद्धिभन्दा पनि पछिल्लो दुई वर्षमा बढी मूल्यवृद्धि भएको दाबी उनको छ ।

डा.खतिवडाले मूल्यवृद्धि हुँदा आर्थिक मन्दी भन्ने गरेको भन्दै आर्थिक मन्दीमा मूल्यवृद्धि हुनुपर्ने अर्थतन्त्रको सिद्धान्तविपरीत भइरहेको बताए । उनले पछिल्लो समय बजारमा आर्थिक मन्दी र बजारमा कृतिम अभाव, एकाधिकार प्रवृत्ति हुँदा समेत सरकारको अनुमगन नहुँदा समस्या रहेको बताए ।

एमालको सरकार भएको बेला अनुगमनको प्रणालीलाई व्यवस्थित गर्न खाजे पनि त्यो निरन्तरता हुन नसकेको उनको भनाइ छ । सरकारले नियन्त्रण, नियमित गरेका वस्तुहरु पनि नियमित र समयमा नगर्दा मूल्यवृद्धि उच्च भएको उनले बताए ।

चाडपर्वको लागि भनेर भन्सार दर घटाएर सरकारले मूल्यमा राहत दिन सक्नुपर्ने भन्दै उनले उपभोक्तालाई क्षणिक लाभ दिँदा सरकारलाई केही बेफाइदा नहुने बताए । सरकारले उखु मिलहरुलाई प्रोत्साहन गरी चिनी उत्पादन बढाउन जोड दिनुपर्ने भए पनि त्यसो गर्न नसकेको उनले उल्लेख गरे । सरकारले भन्सार नाकाहरुबाट हुने आयातमा पनि देखावटी मात्रै नियन्त्रण गरको आरोप उनले लगाए ।

डा.खतिवडाले सरकारले आफ्नो अनुउत्पादक खर्च घटाउन सक्नुपर्ने बताए । जथाभावी संस्थाहरु स्थापना गरेर खर्च गर्दा उपभोक्ताहरु मारमा परेको भन्दै उनले अप्रत्यक्ष करमा आभारभूत वस्तुमा कर छुटको हटाएको व्यवस्था सरकारले फिर्ता लिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्