site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानन्यायाधीश श्रेष्ठ भन्छन्– फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय अनुसन्धान र अभियोजनले फैसला पनि राम्रो आउने बताए । 

प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको सुधार नभएसम्म निरपेक्ष रूपमा अभियोजनको सुधारको परिकल्पना गर्न नसकिने स्पष्ट पारे । उनले अनुसन्धानका तथ्यहरूलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजनकर्ताको दायित्व भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

वस्तुपरक एवं प्रभावकारी अभियोजनले नै सरकारवादी मुद्दाको सफलता बढाउने र त्यसमा   फैसलाले कार्यान्वयनमा सहजता बनाउने उनको तर्क छ । अनुसन्धान, अभियोजन, अतिरक्षा र न्याय निरुपणसँग सम्बन्धित निकायहरूको बीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्यबिना सुदृढ एवं स्वच्छ न्यायप्रणालीको गन्तव्य भेट्टाउन नसकिने बताए । 

प्रधानन्यायाधीश श्रेष्ठले सरकारी वकिल कार्यालयबाट समयमा पुनरावेदनको म्याद नबुझेर पुनरावेदन गर्न अनुचित विलम्व हुने गरेको अवस्थालाई तत्काल निराकरण गर्न पनि महान्यायाधिवक्ताको कार्यालयको ध्यानाकर्षण गराए । प्रभावकारी अभियोजनसँगै मुद्दाको अभियोजन र पुनरावेदन छिटो छरितो हुनुपर्ने आवश्यकता पनि त्यत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement