site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चीन भ्रमण पोखरा र गौतमबुद्ध विमानस्थललाई पूर्ण सञ्चालन गर्नमा केन्द्रित हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीन भ्रमणका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन ल्याउन पहल गरिने बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सिनामंगलमा बनेको नयाँ भवनको उद्‌घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा केन्द्रित हुने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“चीन भ्रमणको सन्दर्भमा पोखरा र भैरहवा विमानस्थलमा के कसरी पूर्णरूपमा सञ्चालन गर्न सकिन्छ, मेरो ध्यान त्यसमा केन्द्रित रहेको पनि म यहाँहरूलाई जानकारी गराउन चाहान्छु,” उलने भने ।

उनले सरकारले विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गरिरहेको पनि बताए । “सञ्चालनमा आइसकेको यी विमानस्थल पूर्णकार्य क्षमतामा सञ्चालन ल्याउनका लागि सरकारको तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको म यहाँहरूलाई जानकारी गराउन चाहान्छु ।”

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले उड्डयन सुरक्षा र व्यवस्थापनमा परिणाम दिन सके नयाँ भवनको औचित्य पुष्टि हुने बताए । “हामीले जनतालाई दिने सेवा सिभिल एभिएसनको सेक्युरिटी र म्यानेजमेन्टको क्षेत्रमा परिणाम जति राम्रो दिन सक्छौँ, त्यसले भवनको उद्‌घाटनको औचित्य पुष्टि हुन्छ,” उनले भने, “विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकोमा २०७९ सालमा भैरहवा र पोखरा विमास्थलमो निर्माण कार्य सम्पन्न भएको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro