देश
काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीय गंगाराम गजमेर रहेका छन् ।
बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्