site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्यो : केपी शर्मा ओली
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।

बिहीबार नेकपा (एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्व. नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् ।

KFC Island Ad
NIC Asia

उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको उनको भनाइ छ । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताए ।

उनले भने, "अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।"

Royal Enfield Island Ad

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताए । नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाइ छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको उनले बताए ।

उनले भने, "उहाँले नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो । उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढंगले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro