site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दर्शक दीर्घाबाट बीपी सुनिरहेका शशांक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मञ्चमा बीपीको आख्यानमा सोमबार मधेश सेशन चलिरहेको थियो । सनत रेग्मी, नयनराज पाण्डे, प्रा. संजीता बर्मा र सहजकर्तामा श्याम साह छन् । मुखमा केही चपाउँदै बीपीका कान्छा पुत्र तथा कांग्रेसका निर्वतमान महामन्त्री शशांक कोइराला बीपीबारे दर्शक दीर्घाबाट सुन्दैछन् ।

शशांकको छेउमा पुगेर पत्रकारले सोधे– ‘‘दर्शक दीर्घामा बसी बीपीको चर्र्चा सुन्दा कस्तो अनुभव भइरहेको छ, डा’साव ?’’

हँसिलो मुहारमा शशांकले जवाफ फर्काएदिए– ‘बीपीको पुत्र किन बने जस्तो लाग्छ । यति गह्र्ंगो भार छ कि भन्नै सकिन्न ।”

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी अफिस सानेपामा बीपी साहित्यको दोस्रो दिन सोमबार कोइराला पुगेका हुन् । 

उनको बोल्ने पालो मंगलबार थियो । तर रोकियो । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि कांग्रेसले बीपी साहित्य सम्मेलन रोकेर श्रद्धान्जली सभा राखेको थियो ।

Global Ime bank

परिवारमा बीपी सेसनमा उनीसँगै बीपीका भतिजा उनका दाजु शेखर कोइराला र बीपीकी भतिजी तथा गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला बोल्दै थिए ।

उनलाई बीपीको भार लाग्नुमा न त उनले बीपीको राजनीतिक उत्तराधिकारीका रुपमा व्यक्तित्वको सबै आयाम बोक्न सक्छन् न त अर्को कुनै व्यक्ति नै त्यस्तो देखेका छन् । 

उनले बुझेको कुरा के रहेछ भने विचार नै सबैभन्दा उच्च स्थानमा रहने रहेछ । बीपीको विचारले नै उनलाई राजनीतिज्ञका रुपमा उच्चस्थानमा पुर्‍याएको र त्यही विचारको जगमा राजनीति र साहित्यले उहाँलाई उचाइमा पुर्‍याएको मान्छन् । 

तर, बीपीले बनाएको त्यो उचाइको ‘लिगेसी’ आफूले पाए पनि त्यसलाई बोक्ने कुरा भने भारी मात्र होइन असम्भव भएको उनलाई थाहा छ । 

यो प्रसंग भन्दै गर्दा उनी आफ्नो बाल्यकाल सम्झिन पुगे ।

उनी २ कक्षामा पढ्दै गर्दा साथीहरुका प्रश्न आयो, ‘साथीहरुले सोधे बुबा कहाँ हुनुहुन्छ ?’ 

मैले तत्कालै जवाफ फर्काए, ‘‘जेलमा हुनुहुन्छ ।’’

त्यसपछि तिनै साथीमध्ये एउटाले प्रश्न गर्‍यो, ‘‘लुटपाट गरेको हो ? कसैलाई चाकु मारेर जेल परेको हो ?’’ 

तिनको प्रश्न सुनेपछि आफू रोएको घटना सुनाए ।

त्यसरी रुँदा प्रिन्सिपलले सम्झाएपछि रुन छाडेका हुन् । 

सेन्ट जेभियर्सका प्रिन्सिपलले उनलाई काखैमा लिंँदै भनेका थिए, ‘‘तिम्रो बुबाले धेरै ठूलो काम गर्नुभएको छ । तिमीहरुको अधिकार सुरक्षित गर्न लड्नुभएको हो । यति भनेपछि पहिलो चोटी थाहा पाए कि बीपी को हुनुहुँदो रहेछ भनेर ।”
बाल्यकालमा प्रिन्सिपलको माध्यमबाट आफ्ना बाबु बीपीबारे थाहा पाएका शशांक बीपीको छोराको भूमिका निर्वाह गर्न भने सहज नभएको अनुभव सुनाउँछन् । 

पत्रकारले आफूलाई बीपीसँगै तुलना गरेर सोध्ने गरेको उल्लेख गर्दै आफू बीपीपुत्र भएपछि सन्तुलित भएर अघि बढ्ने भन्ने समस्या पर्ने गरेको सुनाउँछन् । 

उनी भन्छन्, ‘‘म त यति दबिएको हुन्छु त्यो भारले । कहाँ गएर कसरी बोल्ने भन्ने हुन्छ । धेरै पनि बोल्न नमिल्ने, थोरै पनि बोल्न नमिल्ने । ठिक्क बोल्नुप¥यो, यति चनाखो हुनुप¥यो कि शब्द–शब्दमा सचेत हुुनपर्छ ।”

पेशाले मेडिकल डाक्टर शशांक दशौं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गरेका हुन् ।

कोइरालाहरुको आधारभूमि मानिएको विराटनगर नभई सशांक भने नवलपरासीबाट लगातार चौथोपटक सांसद निर्वाचित भइसकेका छन् । 

‘कहिले काहीँ ढिलो राजनीतिमा प्रवेश गरेर जिम्मेवारीको भारी बोक्न कठिन भए जस्तो लाग्दैन ?’ संवाददाताहरुको प्रश्नमा शशांक परिस्थितिले फरक अवस्था बनाइदिएको बताउँछन् । 

उनी भन्छन्, ‘‘म इन्डिया पढेकाले मेरो हिन्दी स्पष्ट भयो । म दार्जिलिङमा जाँदा नेपाली पढाइ हुन्थ्यो । बीपीले लेखेको दोषी चस्मा पढाइ भयो । टिचर मख्ख ! अब शशांकले यसको निचोड दिन्छ भन्थे ।’’

त्यो कथा नपढेको हुँदा उनी चाहिँ वक्कबक्क हुन्थे । ‘‘मलाई कस्तो फिल भयो होला,” बाल्यकालको अप्ठेरो परिस्थिति सम्झदै शशांकले भने, “अनि टिचरले शशांक नेपाली निपूर्ण छ, अब उ हार्ड हिन्दी लिँदैन भनेपछि मलाई त मरिहालौं जस्तो लाग्यो । रुनै मन लाग्यो । मलाई त बा ले विराटनगरको आदर्श विद्यालयमा पढाएको भए हुन्थ्यो भन्ने लाग्यो नि ।” 

उनलाई नेपाली भएर पनि नेपाली भाषामा बलियो पकड नभएकामा त्यस्तो लागेको थियो ।

हाँसोकै बीच प्रश्न थपियो । हालसम्म बीपीको विषयमा थाहै नभएका विषयमा पनि यस्तो हुनुहुन्थ्यो उस्तो हुनुहुन्थ्यो भनेर अनावश्यक बहस भएको अनुभव कत्तिको गर्नुभएको छ ? प्रश्नसँगै उनले अस्वीकृति प्रकट गरे । 

स्व. प्रदीप गिरि, बीपीको आलोचक थिए । गिरिले आफ्नो परीक्षा सानैमा लिएको पनि शशांकले स्मरण गरे । 

गिरिले समोसा खुवाउँदै प्रश्न गरेका थिए, ‘‘धर्ममा कत्तिको विश्वास छ ? भगवान देखेको छ ?’’ 

विश्वास छ भनी मुन्टो हल्लाइन्थ्यो । त्यसपछि गिरि थप प्रश्न गरे, ‘‘भगवान देखेको छैन भने के कारण विश्वास गरेको हो ?’’

आमाले हरेक बिहान भगवानको पूजा गरेको र त्यसकै आधारमा भगवानप्रति आफ्नो श्रद्धा रहेको बताएका थिए ।

जीवनभर आलोचक गिरिे बीपीको निधनपछि भने उनीबारे सबैभन्दा धेरै लेख्ने लेखक बने । 

प्रवचन–सम्भाषणमा पनि गिरिले बीपीबारे नै धेरै पटक बोले होलान् । 

बीपीको जीवनमा आलोचक रहेका गिरि किन निधनपछि बीपीको प्रशंसक बने होलान् संवाददाताहरुले प्रश्न गरे । 

शशांकले अनुमान गरे, “उहाँले बीपीले बिताएको कष्टकर समय र संघर्ष बुझ्नुभयो भन्ने लाग्छ । कत्रो धैर्यता बीपीमा थियो, गिरि त्यसैबाट आकर्षित हुनुभयो भन्ने लाग्छ ।”

सशांकले बीपीबारे आलोचना र त्यसअनुसार बहस नभएको पनि बताए । जम्मा १८ महिना प्रधानमन्त्री बन्दा बीपीले धेरै परिवर्तन गरेको स्मरण गर्दै उनले बीपी जस्तो बहुआयामिक मानिस आफूले कमै भेटेको उल्लेख गरे । 

दर्शक दीर्घामा बसेर बीपी सुन्दा कस्तो अनुभव भयो त ? प्रश्न थपिएपछि उनले उत्साहित हुँदै भने, “म इन्ज्वाइ गरिरहेको छु । म हरेक दृष्टिकोणलाई इन्ज्वाइ गर्छु । म नेगेटिभ दृष्टिले हेर्दिन सबै सकारात्मक हेर्छु ।”

यो बीपीको गुणमात्र आउँछ अरु आउँदैन भन्ने लाग्दैन ? मौका पाएका बेलामा हामीले प्रश्न छोड्ने कुरै भएन । 

लामो हाँसोसहित उनले भने, “कहिले काहीँ लाग्छ । म सकारात्मक सोचकै कारण गुटगत राजनीतिमा लागिनँ । मैले पनि पार्टीमा गुट बनाएर राजनीति गर्नुपर्ने थियो कि ! यसो विचार गर्छु जे गरे ठिकै गरे जस्तो लाग्छ ।”
‘किन त गुट नबनाएको ?’ भन्ने प्रश्नमा उनले भने, ‘‘गुट भनेको राजनीतिक सीमितता हो । सीमित मान्छेले काम गर्न सक्दैन । मलाई विश्वास छ कि म जुन बाटोमा हिँडेको छु, आमनेपाली जनता र कार्यकर्ता त्यही बाटोमा हिँड्नुपर्छ भन्ने लाग्छ । यसले भविष्य बनाउँछ ।”

महोत्सवले बीपी त्यस समयको राजनीतिमात्र होइन नेपालको वर्तमान राजनीति यसको आयाम कसरी अघि बढ्नुपर्छ भनेर युवा पुस्तालाई बुझाउन उपयोगी भएको पनि उनले उल्लेख गरे । 

“युवाहरुलाई बीपीबारे थाहा छैन । किताबमा पढेका हुन्छन् । प्रत्यक्ष रुपमा अनुभव नभएका व्यक्तिले सुन्न चाहान्छन्, यो राम्रो भयो,” उनले भने । 

यसले लोकतन्त्रलाई मजबुत बनाउने र विशेष युवा पुस्ताले विषय बुझेपछि भविष्य सुनौलो हुने उनको विश्वास थियो । 

“सबैभन्दा ठूलो विचार रहेछ । गुटमा हैन शक्ति विचारमा रहेछ,” शशांकले भने, “विचारको राजनीति जसले गर्छ उ सफल हुन्छ, । म आउँदो भविष्य हेर्दैछु । उनीहरुलाई तयार गर्दैछु । युवालाई शक्ति प्रदान गर्न खोज्दैछु ।”

‘त्यसो भए अब तपाईं सभापतिको उमेदवार बन्ने हो ?’ प्रश्नमा उनको जवाफ रह्यो, ‘‘छोरा हुनेबित्तिकै सर्वगुण सम्पन्न हुँदैन । मेरो आफ्नै अनुभव छ । मेरो अतितका कुराले मलाई स्थापित गरेको छ । त्यसैले बीपी नै हुन सकिन्छ भन्ने असम्भव छ ।” 

उनी सभापतिका लागि आफ्नो परीक्षण भने गर्न खोज्दैछन् । 

“एकपटक देश घुम्छु साथीहरुको कुरा सुन्छु,” शशांकले भने, “साथीहरुले उठ् भने सभापति लड्छु नभए सभापति लड्दिन ।”

‘दाजु शेखरसँग सम्बन्ध राम्रो छ कि छैन ?’ उनले कूटनीतिक जवाफ फर्काए । 

मंगलबारको परिवारमा बीपी शीर्षकको सम्भाषणबारे सम्झाउँदै उनले भने, “हाम्रो सेसनमा हेर्नुस् न !”

तर मंगलबार बिहान नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधनपछि कांग्रेसले साहित्य सम्मेलनका सम्पूर्ण कार्यक्रम स्थगित ग¥यो ।
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC