देश
काठमाडौं । नेपाल चिकित्सक संघले आहारपूरक खाद्य पदार्थ सिफारिसबारे बाहिर आएका सन्देशहरूप्रति आपत्ति जनाएको छ ।
विभिन्न सञ्चारमाध्यमले आहारपुरक खाद्यको नाम तोकेर प्रतिबन्धित भएको र चिकित्सकलाई सिफारिस गर्न नहुने भनि दिएका सन्देशप्रति संघले आपत्ति जनाएको हो ।
पोषणजन्य खाद्य, डाइटरी सप्लिमेन्ट आदिबारे सिफारिस गर्ने अधिकार चिकित्सकलाई रहेको संघको दाबी छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्ता खाद्य पदार्थ सिफारिस गर्दै आएको संघले प्रष्ट पारेको छ ।
यस्ता खाद्यन्न सिफारिस नगर्नु भनी निर्देशन दिने अधिकार सरोकारवाला निकायलाई मात्रै भएको भन्दै गैरकानुनी र अस्वभाविक गतिविधिबाट भ्रममा नपर्न पनि चिकित्सकहरूलाई संघले सूचित गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १७:०८
प्रतिक्रिया दिनुहोस्