site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मान्छेसँग पैसा छ, खर्च गर्न डराइरहेका छन् : अर्थमन्त्री महत
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मन्दी आउनुमा व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्त्तिएको बताएका छन् ।  मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको 'नाडा अटो सो २०२३' को उद्घाटन समारोहमा बोल्दै मन्त्री महतले खर्च बढाउनु पर्ने अहिलेको अवस्था भएको बताएका हुन् ।

अहिले अर्थतन्त्रमा मन्दी रहेको भन्दै अवस्था अब सुध्रिने उनले बताए । आर्थिक विकासको संवाहक निजी क्षेत्र भएको भन्दै अब विश्वास गर्नुपर्ने बताए । "अर्थतन्त्रमा समस्या छ । तर यो समस्या धेरै रहँदैन । जग्गा कारोबारमा कित्ताकाट र ऋणको कुरामा समस्या थियो । पैसा नघुम्दा समस्या भएको हो । खर्च गर्ने आत्मबल नभएको प्रस्ट छ । यसले लागि के गर्नु भन्ने पनि परेको छ," उनले भने, "लगानीकर्ताले ऋण लिन आँट गर्दैनन् । सबैले खर्च बढाउनु पर्छ । निजी क्षेत्रले तर्कसहितका सुझाव दिएको छ । हामी ती सुझाव मान्छौँ ।"

त्यस्तै, डिलर बढी भएको भन्दै मर्ज गर्नुपर्ने दिन आउने मन्त्री महतले बताए । अब ईभीको युग भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro