site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तुल्सीलाल हलमा राखेर सुरु भयो नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले कार्यालयमा पुर्‍याएर श्रद्धाञ्जली दिन थालिएको छ । नेम्वाङको शवलाई तुल्सीलाल हलमा राखिएको छ ।

आज बिहान निधन भएका नेम्वाङलाई संविधानसभा अध्यक्षको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेका थियो । मन्त्रिपरिषद्को निर्णयसँगै नेपाली सेनाले पार्थिव शरीर शिक्षण अस्पतालबाट निकालेर च्यासल पुर्‍याइएको हो ।

नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने भएको छ । एमालेले भने २८ गते मुन्धुम संस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको अनौपचारिक जानकारी दिएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro