site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने 
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् ।

न्याम्समा डा. कोइराला भिजिटिङ प्रोफेसरका रूपमा आबद्ध भएको र कक्षा सञ्चालन हुने दिनमा आउने न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।

वीर अस्पतालमा भने उनले ओपीडी र शल्यक्रिया दुवै सेवा दिनेछन् । ओपीडीमा डा. कोइराला दुई दिन रहने डा. बस्नेतले बताए ।

उनी यसअघि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा कार्यरत थिए । गएको साउन ९ गते उमेरहदका कारण अनिवार्य अवकाश भएका थिए । उनी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro