site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आत्महत्याबारे सोच आए नजिकको व्यक्तिलाई सुनाऔँ, सहयोगका लागि हटलाइनको प्रयोग गरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा आत्महत्याका घटना दिनदिनै बढ्दो क्रममा छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार सरदर दैनिक १९ वटा आत्महत्याका घटना हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले ‘मेन्टल हेल्थ एक्सन प्लान २०१३–२०३०’  बनाएर आफ्ना सदस्य राष्ट्रहरुमा सन् २०३० सम्म आत्महत्याको दर एकतिहाइमा झार्ने लक्ष्य राखेको छ । डब्लूएचओ नेपालका मानसिक स्वास्थ्य फोकल पर्सन डा. केदार मरहठ्ठाका अनुसार नेपालमा कोभिड १९ भित्रिएको वर्ष यो दर बढेर १४ प्रतिशत पुगेको थियो । त्यसअघि वार्षिक आत्महत्याको दर सात प्रतिशत थियो ।

आत्महत्यालाई आपराधिक घटनासँग जोडेर हेर्ने गरिए पनि विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसलाई मानसिक, न्युरोलजिकल र गम्भीर जनस्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मानसिक रोग विशेषज्ञ डा. मरहठ्ठा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले पटकपटक आत्महत्याबारे सोचेर योजना बताएर आत्महत्या गर्ने बताउँछन् ।

उनका अनुसार यस्ता व्यक्तिले परिवार, आफन्त वा साथीहरुबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन्, त्यसलाई नजिकका व्यक्तिले पहिचान गरेर परामर्श वा उपचारमा लैजानु आवश्यक हुन्छ ।

Global Ime bank

यदि कुनै व्यक्तिले आत्महत्याबारे पटकपटक कुराकानी गरिरहन्छ, आफूलाई नकारात्मक सोचले सताएको बताउँछ भने उनीहरुका कुरालाई बेवास्ता नगर्ने र परामर्शमा पुर्‍याउने जिम्मेवारी नजिकका व्यक्तिले निभाउनुपर्दछ ।

केही व्यक्तिले भने आवेगमा आएर तत्कालै कुनै घटना वा तनावलाई सहन नसकेर आत्महत्या गर्ने गर्छन् । डा. मरहठ्ठाका अनुसार जस्तोसुकै स्वभाव भएका व्यक्तिहरुले पनि आफूलाई भइरहेका समस्या, पीडा र तनावको बारेमा नजिकैका व्यक्तिसँग कुराकानी गर्ने गर्छन् ।

कसैले आफूलाई विविध तनावका कारण आत्महत्या गर्न मन लागेको बताएमा त्यस्ता व्यक्तिलाई काँतर, जीवनसँग हारेको व्यक्ति अथवा वाहियात सोच भनेर आरोप लगाउनुभन्दा उनीहरुको कुरा राम्रोसँग सुनिदिए सहयोग हुने डा. मरहठ्ठा बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीमा मृत्युको चौथो कारण हो अत्महत्या । यो उमेर समूहमा अरुको बहकाउमा लाग्ने र छिटो विश्वास गर्ने भावना आउने भएकाले आत्महत्या गर्ने बढी सम्भावना रहन्छ । उनीहरुलाई आत्महत्याबारे सोच आउन नदिन तनावलाई कसरी झेल्ने, करिअर कसरी छान्ने, कुलतबाट कसरी बच्ने, कसैले नकारात्मक कार्य गर्न दबाद दिए कसरी ‘नो’ भन्नेजस्ता विषयमा ‘लाइफ स्किल ट्रेनिङ’ दिनु आवश्यक रहेको डा. मरहठ्ठा बताउँछन् ।

त्यस्तै, उनीहरुका गतिविधि र दैनिकीबारे अभिभावकले पनि उक्तिकै चासो राख्नु जरुरी हुने उनी बताउँछन् । उनीहरुलाई के कस्ता कुराले नराम्रो महसुुस भइरहेको छ, के ग¥यो भने त्यसको समाधान निस्किएला भन्नेबारे अभिभावकले बालबालिकासँग एकदमै नजिक भएर कुराकानी गर्नुपर्ने उनी बताउँछन् ।

यदि कसैलाई आत्महत्याबारे सोच आएमा आफ्नो नजिकको विश्वासिलो व्यक्तिलाई भावना सुनाउनु पर्दछ । नेपालमा आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन ११६६ सञ्चालनमा रहेको छ । आत्महत्याबारे सोच आएमा यो नम्बरमा जुनसुकै समयमा फोन गरेर तालिमप्राप्त परामर्शदाताहरुको सहयोग लिन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय