site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तारा एयरको ‘पोखरा–जोमसोम’ उडान फेरि नियमित, दैनिक पाँच उडान गर्दै

काठमाडौं । तारा एयरले पोखरा–जोमसोमको उडान सोमबारदेखि फेरि नियमित गर्ने भएको छ । प्रतिकूल मौसमका कारण बन्द भएको उडान फेरि नियमित गर्न लागिएको हो । 

मौसम अनुकूल भएको र पर्यटक सिजन पनि सुरु भएसँगै उडान नियमित गर्न लागिएको कम्पनीले जनाएको छ ।

तारा एयरले जोमसोमको नियमित उडानका लागि एउटा विमान पोखरामै रात्रिकालीन पार्किङ गर्ने छ । हाल दैनिक पाँचवटा उडान गर्ने गरी उडान तालिका राखिएको प्रवक्ता सदुर्शन बर्तौलाले जानकारी दिए ।

उनकाअनुसार मागअनुसार उडान थप गरिने छ । तारा एयरले पोखरा–जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाट गर्ने छ ।

मुस्ताङमा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुईहजार ७३६ मिटर उचाइँमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्