site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकहरूले गरिबलाई ऋण प्रवाह गरेका छैनन् : ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ठूलो पुँजीपतिहरुलाई खोजेर अबांैँ लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे ।

Argakhachi Cement Island Ad

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि ‘सिड मनी’को रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए ।

“ठूलाका लागि पनि आवश्यक छ । तर, त्यहाँ मात्रै होइन । गरिबका, जहाँ सिड मनी छैन, जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन, हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ,” उनले भने, “त्यस्तो ठाउँमा माइक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन ।”

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्