site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरणमा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा भएको सात दिन लामो बहस आज सकिएको हो । अघिल्लो आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

आइतबार र सोमबारको चिया ब्रेकअघिसम्म सरकारी वकिलले बहस गरे भने सोमबारको चिया ब्रेकपछि प्रतिवादीतर्फका वकिलहरुको बहस थालेका थिए ।

गत बुधबार सार्वजनिक बिदाका कारण अदालत बिदा थियो । त्यसयता निरन्तर सुनवाइपछि बहस सकेर आज आदेशको तयारी भएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले आज ४ बजे नै आदेश आउने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro