site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई प्रश्न गर्ने युवकलाई धरानका मेयर हर्क साम्पाङले थुनाए 
मेयर हर्क साम्पाङ । फाइल तस्बिर ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई प्रश्न गर्ने एक युवकलाई पक्राउ गर्न लगाएका छन् । साम्पाङलाई प्रश्न गर्ने धरान–१५ का अशोक लिम्बू पक्राउ परेका हुन् । उनी शुक्रबार साँझदेखि इलाका प्रहरी कार्यालयको थुनामा थिए ।

लागुऔषधविरुद्ध साप्ताहिक रूपमा सचेतना अभियान सञ्चालन गर्दै आएका मेयर साम्पाङलाई लिम्बूले कार्यस्थलमै प्रश्न गरेका थिए । मेयर बोल्दै गर्दा लिम्बूले प्रश्न गर्दै गरेको ‘भाइरल’ भिडियोमा देख्न सकिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

लिम्बूले ‘धरानवासी डेंगीबाट आक्रान्त भइरहँदा समेत हर्क दाइ तपाईंचाहिँ किन फोटो खिचाउँदै हिँड्नुभएको ?’ भन्दै साम्पाङलाई प्रश्न सोधेका थिए । उनले ‘सडकमा पानी जमेको र स्थानीयलाई हिँड्डुलमा समस्या हुँदा समेत उपमहानगरले किन काम नगरेको ?’ भन्दै अर्को प्रश्न गरेका थिए ।

‘आफ्नो विरोध गर्न आएको’ भन्दै साम्पाङले नगर प्रहरीमार्फत लिम्बूलाई तत्कालै पक्राउ गर्न लगाएका हुन् । शनिबार साँझ इलाका प्रहरी कार्यालयले लिम्बूलाई थुनामुक्त गरेको छ ।

सो कार्यालयका प्रमुख एवं डीएसपी नवराज मल्लले मेयर साम्पाङले मौखिक उजुरी दिएको तर लिम्बूलाई थुनामा राखिरहनुपर्ने कारण नदेखिएकाले छोडिएको बताए । नगर प्रहरीले नियन्त्रणमा लिई लिम्बूलाई प्रहरीकहाँ पुर्‍याइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro