site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफद्वारा दूधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तीर्थयात्रीका लागि स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा शिविर आयोजना गरिएको हो । 

कम्पनीले भदौ ११ गतेदेखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

Dabur Nepal
NIC Asia

शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शिविरमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र दुई जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।

मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरूको उपचार गरिएको थियो । 

आगामी दिनमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति कार्यक्रम सञ्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

कम्पनीले सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका १९२ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro