site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डले आज पनि दिएन ‘एक–भागवत् गीता’लाई सेन्सर सिफारिस

काठमाडौं । चलचित्र विकास बोर्ड नेपाली कथानक चलचित्र ‘एक–भागवत् गीता’लाई सेन्सर सिफारिस दिन सकारात्मक देखिएको छ । 

बिहीबार सेन्सरका लागि बोर्ड पुगेको निर्माण पक्षलाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको बोर्डले आइतबार सिफारिस दिने बताएको निर्माता सुनीलकुमार थापाले बताए । 

“म आज पनि चलचित्र विकास बोर्डमा गएको थिएँ । उहाँहरूले आज अपराह्न ४ बने बोर्डको बोर्ड बैठक बसेर निर्णय गर्ने र आइतबार फर्ष्ट आवरमा सेन्सर सिफारिस दिने कुरा भएको छ,” निर्माता थापाले बाह्रखरीसँग भने । 

चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता केएल पीडितले आज दुईपक्षबीच बसेर छलफल भएको बताए । 

उनले भने, “छलफलमा दुवै पक्ष सहमतिनजिक पुगेको छ । आइतबारसम्ममा एकले अर्कोलाई सहयोग गर्ने जस्तो देखिएको छ ।” 

दुईपक्षबीच सहमति हुने देखिएकोले आइतबार बोर्डले सेन्सरको सिफारिस दिने उनले बताए । 

उनका अनुसार आइतबार दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गरेर सुरुमा विरोधमा रहेको पक्षले सिनेमाको प्रचारप्रसारमा समेत सहयोग गर्नेगरी सहमति जुट्ने सम्भावना देखिएको बताए । यसका लागि बोर्डले मध्यस्थताको भूमिका खेल्ने बताए ।

विश्व हिन्दु महासंघ नेपाल, हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत एक दर्जन संघसंस्थाले नाम र यसभित्र रहेको विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए ।

सिनेमाको नाम र विषयलाई लिएर आपत्ति जनाउँदै संघसंस्थाका प्रतिनिधि बोर्डमा समेत पुग्न थालेपछि बोर्डले बिहीबार सेन्सरका लागि सिफारिस दिएको थिएन । 

नामलाई लिएर आपत्ति जनाउने र बहिष्कारसम्म गर्ने चेतावनी आउन थालेपछि निर्माण पक्षले सिनेमाको नाम परिवर्तन गर्न बोर्डमा निवेदन दिएको थियो ।

‘एक भगवत् गीता’ रहेको नाम परिवर्तन गरेर ‘एक–भागवत् गीता’ राख्ने निर्माण पक्षको अनुरोधमा बोर्डले अनुमति दिइसकेको छ । “हामीले नाम परिवर्तन गर्ने भएपछि उहाँहरू सकारात्मक हुनु भएको छ,” निर्माता थापाले भने । 

झरना थापाको निर्देशन रहेको चलचित्र यही भदौ २९ गते रिलिज हुँदै छ । चलचित्रमा सुहाना थापा, विपीन कार्की, धिरज मगरलगायत कलाकार मुख्य भूमिकामा छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro