site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाँजा र चरेसको परिमाणबारे बुझ्न हङकङ कार्गोलाई ब्युरोले पठायो पत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै हङकङ पुगेको नेपालमा उत्पादित आगुऔषध गाँजा र चरेसबारे थप जानकारी लिन प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हङकङ कार्गोलाई पत्र पठाएको छ ।

नेपाल एयरलाइन्सको जहाजमार्फत गएको साउन २६ मा गाँजा र चरेस हङकङ पुगेको खुलेको थियो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नै गाँजा र चरेस हङकङ पुगेको खुलेपछि लागुऔषध नियन्त्रण ब्युरोले छानबिनसमिति बनाएर अनुसन्धान थालेको छ ।

नेपालबाहिर जाने कार्गोको सामग्री चेकिङमा विमानस्थल सुरक्षामा खटिएका प्रहरी र प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोली खटिएको हुन्छ ।

उक्त प्रकरणबारे छानबिन गर्न बनेको टोलीले प्रहरीले एक्सरे जाँच नै नगरी लागुऔषध पठाएको खुलाएको थियो ।

समितिको प्रारम्भिक अनुसन्धानबाट ड्युटीमा खटिएका प्रहरी कर्मचारीकै लापरबाहीका कारण लागुऔषध हङकङ पुगेको आशंका गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले हङकङ कार्गोलाई लागुऔषधको परिमाण र कार्गोको सामान रिसिभ गर्नेको विवरण माग गरेको हो ।

त्यस्तै, ब्युरोको टोलीले विराट ग्लोबल प्राइभेटका सञ्चालक प्रमोद खनालसँग सोधपुछ गरेको छ । खनालले उक्त सामान तेस्रो व्यक्तिबाट कार्गोका लागि आएको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro