site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेन्द्र यादवमाथि आक्रमण भएपछि गण्डकीका मुख्यमन्त्रीले भने– अराजकता बढ्ने खतरा
फाइल तस्बिर ।

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गरेका छन् ।

विज्ञप्तिमार्फत उनले नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति, समूह जो कोही भए पनि कडा कानुनी कारबाहीका लागि माग गरेका छन् । “यस्ता घटनाले आम नागरिकमा त्रास पैदा गराएको छ, समाजमा दण्डहीनता र अराजकता बढ्ने खतरा रहन्छ, आम मानिसमा कानुनी राज्यको प्रत्याभूति दिलाउन, आपराधिक प्रवृत्तिको विरुद्ध एकताबद्ध हुन सबै पक्षसँग अनुरोध गर्दछु,” मुख्यमन्त्री पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेले टाउकोमा गम्भीर चोट लागि उपचाररत नेता यादवको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् । काठमाडौंंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो । 

372021347_680426664106728_8820954879851668359_n-1694016391.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro