site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिलोपटक अदालत परिसरबाटै भागेका 'टोपे' फेरि कारागारको पर्खाल नाघेर फरार

काठमाडौं । बर्दिया कारागारबाट एकजना कैदी भागेका छन् । पहिलोपटक कैद सजाय फैसला भएपछि अदालत परिसरबाटै भागेका बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का टोपे भनिने अजीव बुढाक्षेत्री गत आइतबार बिहान कारागारको पर्खाल नाघेर फेरि भागेका हुन् ।

हत्या अभियोगमा २०७२ फागुन ५ गते बर्दिया जिल्ला अदालतले उनलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनी ०७२ फागुन ३० गते अदालत परिसरबाटै भागेका थिए ।

Dabur Nepal
NIC Asia

भागेको समेत कसुर जोडी ३० वर्ष कैद सजाय फैसला भएका बुढाक्षेत्रीलाई प्रहरीले गत वर्ष कात्तिक २१ गते पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा दाखिला गरिएको थियो । तर, उनी यही गएको आइतबार बिहान सवा ३ बजेतिर कारागारको पर्खाल नाघेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले उनको खोजी भइरहेको जनाएको छ । प्रहरीले उनको ठेगाना र हुलियासहित खोजिकार्यमा सहयोग गर्न आग्रह गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro