site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेभित्र विस्फोट हुन्छ, देशव्यापी रूपमा पहिरो जान्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । 

बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले) भित्र विस्फोट र विद्रोह हुने बताए । 

उनले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने बताए । एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उल्लेख गरे ।  जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ । 

उनले भने, "देशव्यापी रूपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विस्फोट हुनसक्छ । विभिन्नखालका विस्फोट र विद्रोह हुन सक्छन् । यसकारणले हामी सहि कार्यदिशा लिउँ । सहि विचार लिउँ । र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ । यसलाई व्यापक बनाएर लैजाऔँ ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro