site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
जेडी पावर : चेरी टिग्गो सिरिजले जित्यो दुईवटा नम्बर एक अवार्ड
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपभोक्ता अन्तदृष्टि, सल्लाहकार एवं डेटा विश्लेषणमा वैश्विक लिडर जेडी पावरले आफ्नो अपिल अध्ययन सार्वजनिक गरेको छ । अध्ययनमा जेडी पावरले चेरीको टिग्गो सिरिज पहिलो स्थानमा राखेको छ ।

मध्यम आकारका किफायती ‘एसयूभी’हरूमा टिग्गो ७ र मध्यम आकारका एसयूभी’हरूमा टिग्गो ८ पहिलो स्थान जित्न सफल भएको छ ।

जेडी पावर जस्तो चर्चित र विश्वसनीय अवार्डबाट सम्मानित हुनु चेरीको गुणस्तर र आकर्षणको प्रमाण भएको भन्दै यसले ग्राहकसमक्ष लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

Agni Group

अटो उद्योगमा 'स्वतन्त्रता र निष्पक्षताको' लागि प्रसिद्ध जेडी पावर यस उद्योगको विश्वासिलो नाम हो ।

नियमितरूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावरले अपिल अध्ययनका लागि जुन २०२२ देखि मार्च २०२३ सम्म किनिएका  ३५ हजार १५५ इन्धन गाडीलाई आफ्नो अध्ययनमा समेटेको छ ।

Global Ime bank

यस अनुसन्धानमा २०२२ डिसेम्बरदेखि २०२३ मेसम्म ८१ मुख्य चिनियाँ सहरमा फरक–फरक ४८ ब्रान्डका २३० मोडेलहरू सामेल गरिएको थियो ।

२०२३ मा चीनको इन्धन यातायात उद्योगले ७३८ अंक वृद्धि पाउँदै अहिले सम्मकै उच्च सूचांक हासिल गरेको छ । जुन अघिल्लो वर्षभन्दा आठ अंकको सुधार हो ।

चेरीको टिग्गो मोडल विश्वरभर ३४ लाखभन्दा बढी युनिट प्रयोगमा रहेको कम्पनीले जनाएको छ ।

जेडी पावर अपिल एक वार्षिक सर्वेक्षण हो । यसले नयाँ सवारी साधन चलाउनेहरूलाई आफ्नो सवारी साधनको कार्यसम्पादन, कार्यान्वयन र लेआउटको सन्तुष्टिका आधारमा गाडीका ब्रान्डको सुचकांक तयार पार्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu